नोवेलमा कार्यरत नर्सको विभत्स अवस्थामा शव भेटियो

बिराटनगर, २ चैत । बिराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा कार्यरत एक जना नर्सको विभत्स अवस्थामा शव भेटिएको छ ।
बिराटनगर महानगरपालिका- ४ मा डेरा बस्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव उनी बस्ने घरकै शौचालयमा विभत्स अवस्थामा भेटिएको हो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानबाट हत्या भएको आशंका गरेको छ ।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।
उनको हत्यापछि शव छाडेर संलग्न व्यक्ति फरार भएको आंशका मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले बताए ।
उनले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




