आज विश्व मिर्गौला दिवस मनाईँदै

काठमाडौँ, १ चैत । अंग्रेजी क्यालेन्डर अनुसार प्रत्येक वर्ष मार्च महिनाको दोस्रो विहिवार विश्व मिर्गौला दिवस मनाईने गरिन्छ । सोही अनुसार यस बर्षको विश्व मिर्गौला दिवस आज परेको छ ।

“मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने मुल नाराका साथ आज नेपालमा पनि विभिदा कार्यक्रम गरी यो दिवस मनाईँदै छ ।

अनुसन्धानले के भन्दछ भने, प्रत्येक १० जना मध्ये १ जनलाई मिर्गौला रोग लाग्ने गर्दछ । अहिले विश्वभरी नै मिर्गौला रोगको प्रकोप बढी रहेको छ । यस परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

यसैबीच आज काठमाडौँमा एक हुने तरखरमा रहेका अंग प्रत्यारोपण सम्वन्धी चिकित्सकहरुको दुईवटा संस्था अंग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटीले संयुक्त रुपमा विशेष कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।

यति मात्रै होईन यस पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, नेपाल एशोसियसन अफ युरोलोजिक सर्जन्स, अंग प्रत्यारोपण समाज नेपाल, नेपाल ट्रान्सप्लान्ट सोसाइटी, स्वास्थ्य अभियान नेपाल, नेशनल किड्नी सेन्टर र काठमाण्डौ उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पतालहरु र मस्तिष्क मृत्यु पश्चात अंगदान गराउने अस्पतालहरु समेत आयोज कबनेर आजको कार्यक्रम हुँदैछ ।

के के हुँदैछ ?
दिवस मनाउने कार्यक्रम अन्तरगत आज बिहान ७ः४५ वजे देखि रत्नपार्क, शान्ति बाटिकाबाट मिर्गौला दयात्राको शुरुवात तथा दशरथ रंगशालामा ८ः१५ बजे देखि ९ बजे सम्म प्रत्यारोपित-अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारीहरु बीच मैत्रीपूर्ण फूटबल खेल आयोजना हुने भएको छ ।

विहान ९ बजे देखि ९ः३० सम्म विश्व मृर्गौला दिवस सम्बन्धि औपचारिक कार्यक्रमको आयोजना हुने कुरा आयोजक कमिटिले बताएको छ । उक्त कार्यक्रमको संरक्षक डा.पुकार चन्द्र श्रेष्ठ, डा दिव्या सिंह र डा ऋषि काफ्ले रहेका छन् ।

अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्षम छन् र उनीहरु पनि हरेक क्षेत्रमा सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने तथा अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक वर्ष यो कार्यक्रमको आयोजना गरिदै आएको कुरा आयोजक समितिका संयोजक डा कल्पना कुमारी श्रेष्ठले बताईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *