नेपाल फार्मेसी परिषद्को रजिष्ट्रारमा सञ्जीव पाण्डेय नियुक्त

काठमाडौँ, २९ फागुन । नेपाल फार्मेसी परिषद्को रजिष्ट्रारमा पुन: सञ्जीव पाण्डेय नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत २४ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई परिषद्को रजिष्ट्रारमा नियुक्त गरेको हो ।

परिषद्मा उनको पदावधी चार वर्षको हुनेछ ।

पाण्डेय यसअघि पनि परिषद्को रजिष्ट्रार थिए । केही साता अघि मात्रै उनले चार वर्षे कार्यकाल पुरा गरेका थिए ।

‘परिषद्को रजिष्ट्रारको जिम्मेवारी सम्हाल्ने पुन: अवसर प्राप्त भएको छ । मैले परिषद्मा पुगेर आजबाट जिम्मेवारी सम्हालेको छु,’ पाण्डेयले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *