अस्पतालको टिकट लिन लाइनमा कुर्दाकुर्दै बिरामीको मृत्यु

136
Shares

काठमाडौँ, २७ फागुन । चितवनस्थित बकुलहर रत्ननगर अस्पतालमा आइतबार बहिरंग सेवाको टिकट लिन लाइनमा कुर्दाकुर्दै एक बिरामीको मृत्यु भएको छ।

आइतबार बिहान मुटु जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका– ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगरको मृत्यु भएको हो।

टिकट पाउन धेरै बेर कुर्नुपर्ने भएकाले आज बिहान १० बजे नै अस्पताल पुगेर लाइन बसेको आधा घण्टापछि उनी अचानक बेहोस भएर ढलेका थिए। तुरुन्त उठाएर उनलाई अस्पतालको आकास्मिक कक्षमा पुर्‍याउँदा मृत्यु भइसकेको अस्पताल प्रशासनले बताएको छ।

अस्पतालका डाक्टरहरुले थापामगरको हृदयाघात भएर मृत्यु भएको अनुमान गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *