नवनियुक्त स्वास्थ्यमन्त्री यादवले लिए शपथ

काठमाडौँ, २७ फागुन । नयाँ सत्ता गठबन्धनबाट नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शपथ लिएका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।

जनता समाजवादी पार्टीका अध्यक्ष यादवले उपप्रधान सहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिएका हुन् ।

जसपाका अर्का वन तथा वातावरणमन्त्री नवलकिशोर साहले पनि सपथग्रहण गरेका छन् ।

यसअघि नयाँ गठबन्धनमा आएका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका र नेकपा एकीकृत समावादी गरी २० सदस्यीय मन्त्रीपरिषद गठन गरिसकेका छन् ।  यो संगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ।

जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेको बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *