‘नवौँ फर्मा एक्स्पो -२०२४’ पहिलो दिन यस्तो देखियो (फोटोफिचर)

चितवन, २६ फागुन । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा चितवनमा शुक्रबार देखि ‘नवौं फर्मा एक्स्पो- २०२४’ सुरु भएको छ । ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा सुरु भएको तीन दिने एक्स्पोमा स्वदेश तथा विदेशी तथा विदेशी उद्योगको उत्साहबर्धक सहभागिता रहेको छ ।

एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला) कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ ।

एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाईएको छ ।

‘खासगरी औषधि कसरी बन्छ, कस्ता कस्ता प्रविधि र पद्धतीबाट बन्छ ? प्रक्रिया र पद्धतीको बारेमा जानकारी दिने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । कोभिड -१९ को बेलामा बाहेक एपोनले हरेक दुई दुई बर्षमा यो कार्यक्रम नियमित रुपमा आयोजना गरेको छ,’ एपोनका उपाध्यक्ष समेत रहेका मिडिया संयोजक सन्तोष बरालले भने ।

शुक्रबार औपचारिक कार्यक्रमपछि स्वदेशी तथा विदेशी उच्च अधिकारीहरुले एक्स्पो सेन्टरका स्टलहरुमा गएर अवलोकन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बनेका स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटा, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्की, नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधान, पूर्व अध्यक्ष जीनारायणबहादुर क्षेत्री, एनसीडीएका अध्यक्ष प्रकाश खण्डेलवाल लगायतको टोलीले स्वदेशी तथा विदेशी कम्पनीहरुको स्टलहरुको अवलोकन गरेको थियो ।

हेरौँ अवलोकनको फोटोफिचर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *