जसपाको पछिल्लो बैठकको निर्णय : उप प्रधानसहित स्वास्थ्यमा उपेन्द्र यादव, राज्य मन्त्रीमा कार्की

काठमाडौँ, २४ फागुन । नयाँ सत्ता समिकरणमा सहभागिता जनाउने विषयमा जनता समाजवादी पार्टीले बिहान बसेको बैठकले नै एक खालको निर्णय गरेको थियो । तर दिनभरमा केही सदस्यहरुले कुरा पुरा मिलिनसकेको भन्दै पुन: आवाज उठाएपछि अपरान्ह ५ बजे पुन केन्द्रीय कार्यकारिणी समितिको बैठकले बसेको थियो ।

सो बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको तर्फबाट नेतृत्व गर्दै सरकारमा सहभागिता जनाउने र उपप्रधान सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्न पठाउने निर्णय गरेको छ । त्यसो त अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने विषयमा विहानैको बैठकमा पनि निर्णय भएको थियो । तर स्वास्थ्य राज्यमन्त्री र बन तथा वातावरण मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लागेको थिएन ।

अपरान्ह बसेको बैठकले के गर्‍यो ?

संसद बैठक सकिएपछि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुन: अपरान्ह ५ बजेपछि बसेको थियो ।

केही विषयमा थप छलफल गर्नु पर्ने भन्दै बसेको बैठकले पार्टी सरकारमा सहभागी हुने र नेतृत्व अध्यक्ष उपेन्द्र यादवले गर्ने निर्णय गरेको छ ।

उप प्रधानसहित दुई मन्त्री र एक राज्यमन्त्री पाएको जसपाले उपेन्द्र यादवलाई उपप्रधान र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्न पठाउने र अर्का सांसद दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ । उनी धनुषा १ बाट निर्वाचित सांसद हुन् ।

यस्तै बन तथा बाताबरण मन्त्रीमा नवल किशोर साहलाई पठाउने निर्णय गरेको छ ।

‘विहानको बैठकबाट पनि केही निर्णय भएको थियो तर केही बाँकी थियो । अहिले टुंगिएको छ । पार्टी अध्यक्ष ज्यूको नेतृत्वमा सरकारका सहभागी हुने गरी टुंगिएको छ,’ सांसद दीपक कार्कीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *