बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी सहित ६ जना मन्त्रीले दिए राजीनामा

40
Shares

काठमाडौँ, २३ फागुन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी सहित ६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशी सहित ६ जना मन्त्रीले राजीनामा दिएका हुन् ।

उनीहरुले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।

जसअनुसार कांग्रेसबाट मन्त्री बनेका संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पदबाट राजीनामा दिएका हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *