जनस्वास्थ्य प्रशासक डा. साह बने सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक

2.1k
Shares

काठमाडौँ, २२ फागुन । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी प्रमुख जनस्वास्थ्य प्रशासक डा प्रकाशप्रसाद साहले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो दिनको मन्त्री स्तरीय निर्णय भएको भन्दै हिजो (सोमबार) उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको पत्र दिएको हो ।

साह केही समय देखि जिम्मेवारी विहीन थिए । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जाँदा जाँदै हिजो पुरानो मिति राखेर नियुक्ति तथा सरुवाको काम गरेको चर्चा चलेको थियो । उनको सचिवालयको एक जना सदस्यले केही दिन अघिकै प्रस्तावको आइतबार निर्णय भएको र हिजो पत्र तयार भएको बताए ।

सत्ता गठबन्धन फेरिएपछि स्वास्थ्य मन्त्री रहेका मोहनबहादुर बस्नेत सोमबार (हिजो) देखि नै पदमुक्त भएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *