गण्डकी प्रदेशमा स्वास्थ्यसहित दुई मन्त्री बर्खास्त

काठमाडौँ, २२ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्र बाट मन्त्री भएका दुई जना मन्त्री बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्रकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन । दुई मन्त्रीलाई बर्खास्त गरेर मुख्यमन्त्री पाण्डेले दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।

सत्ता गठबन्धनमा फेरबदर आएसँगै प्रदेश सरकारहरु धमाधम परिवर्तन हुँदैछन् ।

त्यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पनि माओवादीका दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई  बर्खास्त गरेका छन् ।

बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् ।

कर्णाली प्रदेश सरकारबाट मन्त्री रहेका तीन जनाले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष पदबाट राजीनामा दिएका छन् । कांग्रेसबाट अर्थ मन्त्रालयमा सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी ले राजीनामा दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *