मन्त्रिपरिषद् पुनर्गठन :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले आफूसंगै राखे

ठ्याक्कै १० महिनामा घर फर्के स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठन गरेसंगै अघिल्लो गठबन्धनबाट सरकारमा सहभागी सबै मन्त्रीहरु पदमुक्त भएका छन् ।

आज विकसित नयाँ राजनीतिक कोर्षले माओवादी केन्द्रसंगै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता साझेदार बनेका छन् । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र राश्वपाबाट डोलप्रसाद अर्याल विना विभागीय मन्त्रीको रुपमा शपथ लिईसकेका छन् ।

हाललाई प्रधानमन्त्री दाहालले सबै मन्त्रालय आफूसंगै राखेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा मन्त्रिपरिषद्को सूचीमा प्रधामन्त्री प्रचण्डसंगै आज नियुक्त भएका मन्त्रीहरु तामाङ, गिरी र अर्यालको नाम रहेको छ । तर उनीहरुलाई पनि जिम्मेवारी तोकिएको छैन ।

सबै मन्त्रालय प्रधानमन्त्री आफैले हेर्ने गरी राखेका छन् ।

बालुवाटार स्रोतका अनुसार शीर्ष नेताहरुले भोलि दिनभर नयाँ गठबन्धनबीच मन्त्री र मन्त्रालयको जिम्मेवारी दिने काम सक्ने र पर्सीबाट वहाली भएर काम सुरु गर्ने योजना बनाएका छन् ।

ठ्याक्कै १० महिनामा घर फर्के स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत

अघिल्लो गठबन्धनबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका मोहनबहादुर बस्नेत ठ्याक्कै १० महिनामा पदमुक्त भएका छन् । उनी गत २० बैशाखमा स्वास्थ्य मन्त्रीमा नियुक्त भए पनि राष्ट्रपतिबाट शपथ लिएर २१ बैशाखमा पदवहालीका लागि स्वास्थ्य मन्त्रालय आएका थिए ।

त्यसअघि लामो समय स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसंगै थियो । स्वास्थ्य मन्त्री बस्नेतका सुरुवाती केही महिना प्रधानमन्त्री प्रचण्डसंग निकटता देखिए पछिल्ला महिनाहरुमा भने सम्वन्ध सुमधुर देखिएको थिएन ।

खासगरी टेरामक्स प्रकरण उधिल्लिएपछि प्रचण्ड मन्त्री बस्नेतलाई जिम्मेवारी मुक्त गर्न चाहन्थे । तर कांग्रेस सभापति शेरबहादुर देउवाले नमान्दा मन्त्री बस्नेतको जागिर लम्बिदै आएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *