नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ, २१ फागुन । नयाँ सत्ता गठबन्धनबाट नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नवनियुक्त तीन मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।

नयाँ सत्ता गठबन्धनबाट एमालेबाट पदम गिरी, माओवादीबाट हितवहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद (डिपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज नियुक्त हुने मन्त्रीहरुको मन्त्रालय भने टुंगिईसकेको छैन। उनीहरुले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *