फेरिदै सत्ता गठबन्धन, आजै सानो आकारको नयाँ मन्त्रिमण्डल गठन हुने

काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेससहितको सत्ता गठबन्धन अब फेरिने करीव करीव निश्चित भएको छ । नयाँ गठबन्धनमा पुन नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी लगायत सहभागी हुने देखिएको छ ।

एमाले नेता सुरेन्द्र पाण्डेले विहानै सामाजिक सञ्जालमा आजै सरकार परिवर्तन हुने भन्दै स्टाटस लेखेका छन् । उनले आजै नयाँ मन्त्रिरिषद् गठन हुने र सानो आकारको मन्त्रिमण्डलले आजै सपथ लिने उल्लेख गरेका छन् ।

हुन पनि आज विहानै बस्ने भनिएको कांग्रेस सहितको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । माओवादी, एमाले, रास्वपा, जसपा लगायतका पार्टीहरु आन्तरिक छलफलमा जुटेका छन् । यता कांग्रेसले पनि आकस्मिक रुपमा पार्टी पदाधिकारी बैठक बोलाएको छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्ण बहादुर खड्का, कृष्ण सिटौला लगायतले विहान बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । यसपछि कांग्रेसले विहान १० बजे पदाधिकारी बैठक बोलाएको हो । सो बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गर्ने एक नेताले बताए ।

कांग्रेस बाहिरिए लगत्तै एमाले, रास्वपा सहितको नयाँ मन्त्रिमण्डल बन्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *