बासी खाना खुवाउने आफ्नै कार्यालयको क्यान्टिनलाई महानगरले तिरायो ५० हजार जरिवाना

252
Shares

काठमाडौं, २० फागुन । बासी खानेकुराहरु खुवाउने आफ्नै कार्यालयको क्यान्टिनलाई महानगरले  ५० हजार जरिवाना तिराएको छ ।

क्यान्टिनको खानाका विषयमा गुनासो आएपछि अनुगमनका क्रममा खानेकुराहरु बासी पाइएपछि काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार जरिवाना तिराएको हो ।

उक्त क्यान्टिनमा पकौडा बासी पाइएको र बासी खाना खुवाउने गरेको पाइएकाले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा.अवधेश झाले बताए ।

‘मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो । हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ । यसलाई अटेर गरेपछि कारवाही गरेका हौँ । झाले भने, ‘हामीले नमूना परीक्षणका खानेकुरा मागेका थियौँ । सञ्चालकले खानेकुरा दिन मानेका थिएनन् ।’

अनुगमनपछि खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन निर्देशन दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *