मेडिकल काउन्सिलको नव नियुक्त रजिष्ट्रार डा. सतिशकुमार देवले जिम्मेवारी सम्हाले

काठमाडौँ, १८ फागुन । नेपाल मेडिकल काउन्सिलका नव नियुक्त रजिष्ट्रार डा. सतिशकुमार देवले पदवहाली गरेका छन् । शुक्रबार दिउसो बाँसबारीस्थित काउन्सिलको कायालय पुगेर उनले पदवहाली गरेका हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा देवलाई रजिष्ट्रामा नियुक्त गर्ने निर्णय गरेको थियो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) फर्माकोलोजी विभागका सह प्राध्यापक समेत रहेका डा. देव
यसअघि दुई पटक काउन्सिलको सदस्य भएर काम गरेका व्यक्ति हुन् ।

यस्तै डा देवसंग मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष र त्यसअघि स्वास्थ्य बीमा बोर्डको सदस्य भएर समेत काम गरेको अनुभव छ ।

यसअघि मेडिकल काउन्सिलको रजिष्ट्रार डा कृष्ण अधिकारी थिए । उनी २० पुसमा काउन्सिलबाट विदा भएपछि २२ पुस देखि डा विश्व दवाडीले निमित्त रजिष्ट्रारको रुपमा काम गर्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *