विशेष अदालतबाट सफाई पाएपछि डा. गिरी उपकुलपतिको जिम्मेवारीमा फर्किए

36
Shares

धरान, १८ फागुन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी डा ज्ञानेन्द्र गिरीले सम्हालेका छन् । आफू विरुद्ध लागेको मुद्धामा विशेष अदालत काठमाडौँबाट गत बुधबार (१६ फागुनमा) सफाई पाएपछि उनले बिहीबार प्रतिष्ठान पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

सो अवसरमा प्रतिष्ठानका शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक, डीनहरु, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु, शिक्षक, कर्मचारीहरु, विद्यार्थीको उपस्थिति थियो ।

डा गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ माघ २०७९ सालमा नपाएको ओहोदा पाएँ भनी भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्धा दायर गरेको थियो। सोही मुद्धामा बुधबार विशेष अदालतका न्यायाधीसद्धय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले डा गिरीलाई सफाइ दिएको हो।

अदालतले डा गिरी नियुक्ति खान उनले नपाएको ओहोदाको कागजपत्र प्रयोग नगरेको, उक्त प्राध्यापक पदका आधारमा भ्रष्टाचारलगायतका अन्य काम नभएको भन्दैं उनलाई सफाइ दिएको थियो ।

डा गिरी निलम्बित भएपछि प्रतिष्ठानमा डा प्रह्लाद कार्कीले कामु उपकुलपतिको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *