स्वास्थ्यमा प्रशासन तर्फका नयाँ सहसचिव भण्डारी आए, गौतमको लोक सेवा आयोगमा सरुवा

काठमाडौँ, १७ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन हेर्न नयाँ सहसचिव पठाएको छ ।

सामान्यले जयबहादुर भण्डारीलाई स्वास्थ्यमा सरुवा गरेको हो । भण्डारीलाई स्वास्थ्यमा पठाउँदा त्यहाँ रहेका तुलसीनाथ गौतमलाई लोक सेवा आयोगमा सरुवा गरेको छ ।

गौतम स्वास्थ्यको कर्मचारी प्रशासन महाशाखा प्रमुख रहेर एक वर्ष बिताए । गत वर्ष ११ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गौतम स्वास्थ्य आएका थिए ।

स्वास्थ्यमा सरुवा भई आउन लागेका भण्डारी यसअघि सामान्य प्रशासन मन्त्रालयकै अतिरिक्त समूहमा थिए ।

स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फका दुई जना सहसचिव रहने व्यवस्था छ । गौतमको सरुवा भएकोले भण्डारीले कर्मचारी प्रशासन महाशाखा नै सम्हाल्न सक्ने अनुमान गरिएको छ । यद्धपी जिम्मेवारी तोक्ने काम स्वास्थ्य सचिवले गर्दछन् ।

सामान्यले लामो समय देखि गरेको कसरत पछि यसपटक गौतम र भण्डारीसहित ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *