माइतीघरमा घाईते भएका राजेन्द्र महतोको ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौँ, १६ फागुन । काठमाडौँस्थित माइतीघर मण्डलको निषेधित क्षेत्र तोड्न आन्दोलनमा उत्रिँदा घाइते भएका राजेन्द्र महतो उपचारको लागि ट्रमा सेन्टर पुगेका छन् ।
प्रहरीसँगको घम्साघम्सीको कारण महतोको खुट्टा रक्ताम्य भएर केही बेर बेहोस भएका थिए । सो क्रममा रमण पाण्डेय पनि घाइेत भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतोलाई बुधबार दिउसो प्रहरीले नियन्त्रणमा लिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

