बाल चिकित्सा नर्स सप्ताह आज देखि सुरु हुँदै

116
Shares

काठमाडौँ, १६ फागुन । बाल चिकित्सा नर्स सप्ताह आज देखि सुरु हुँदै छ । बाल चिकित्सा नर्स संघ नेपालको आयोजनामा यो सप्ताह मनाउन लागिएको हो ।

बाल चिकित्सा नर्स संघ नेपालका अध्यक्ष अप्सरा पाण्डेले सप्ताहव्यापी कार्यक्रम आज देखि सुरु भएर २२ फागुनमा सम्पन्न हुने बताईन् ।

उनले बालबालिका तथा किशोर किशोरीको स्वास्थ्य तथा सर्वाङ्गिण विकासको विकासको विविध पक्षसंगै यस क्षेत्रमा काम गर्ने नर्सहरुको पेशागत हक हितको वकालत गर्ने उदेश्यले विसं २०७५ साल देखि बाल चिकित्सा नर्स सप्ताह मनाउन थालिएको जानकारी दिईन् ।

यसपटक बाल चिकित्सा नर्स सप्ताहको नारा,  ‘बाल चिकित्सा नर्सहरुको आवाज: बाल शोषण रोक्नुहोस’ भन्ने रहेको छ ।

अध्यक्ष पाण्डेका अनुसार आज आज अर्थात फागुन १६ गते पहिलो दिन विभिन्न सोसियल मिडया क्याम्पेनिङ्ग गरिने र आगामी २२ फागुनमा काठमाडौँको कान्ति बाल अस्पतालमा बार्षिक साधारण सभा तथा बार्षिक दिवस समारोह सहित सम्पन्न गरिने छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *