नेशनल मेडिकल कलेज वीरगञ्जको सञ्चालक समितिबाट पनि बसुरुद्धिन आउट, प्रवन्ध सञ्चालकमा आए शाहनबाज

वीरगञ्ज । नेशनल मेडिकल कलेज बीरगञ्जले बसुरुद्धिन अन्सारी कलेजको प्रवन्ध सञ्चालक नभएको बताएको छ । सामाजिक सञ्जालमा बसुरुद्धिन अन्सारी प्रवन्ध सञ्चालक भएको भन्दै बधाईको पोष्टहरु आउन थालेपछि कलेजले प्रेस विज्ञप्ती जारी गर्दै उनी प्रवन्ध सञ्चालक नभएको बताएको हो ।

कलेजले गत ४ फागुनमा बसेको बार्षिक साधारण सभाबाट अध्यक्षमा प्राडा म जैनुद्धिन अन्सारी, प्रवन्ध सञ्चालकमा शाहनबाज अन्सारी र सञ्चालकमा नुशरत जहान अन्सारी छनौट भएको उल्लेख गरेको छ ।

प्राडा जैनुद्धिन र बसुरुद्धिन दाजुभाई हुन् । केही वर्ष अघिसम्म अन्सारी दाजुभाईले बीरगञ्जस्थित नेशनल र जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा स्वामित्वको आधारमा महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका थिए । तर केही महिना अघि भाई बसुरुद्धिनको काममा गडबडी भन्दै दाई जैनुद्धिनले नेपाल मेडिकल कलेजबाट आउट गरिदिए । अहिले बसुरुद्धिन बीरगञ्जको नेशनल मेडिकल कलेजको सञ्चालक समितिबाट पनि आउट गरिएका छन् ।

‘बसुरुद्धिन भाई हो । उसको शेयर कम हुँदा हुँदै पनि विगतमा महत्वपूर्ण जिम्मेवारी दिएँ । तर काम कम, राजनीतिक बढी गर्न थाल्यो । हिसाव किताव पनि पारदर्शी देखिएन । त्यसैले गत ४ फागुन देखि उ सञ्चालक समितिमा छैन । नेशनलको १० प्रतिशत शेयर मात्रै छ,’ डा जैनुद्धिनले भने ।

नेशनलमा अहिले प्रवन्ध सञ्चालक शाहनबाज अन्सारी जैनुद्धिनको छोरा हुन् । यस्तै सञ्चालकमा रहेकी नुशरत छोरी हुन् ।

प्रवन्ध सञ्चालकमा नियुक्त भएसँगै शाहनवाज अन्सारीले नेशनल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लैजाने बताए ।

मधेस प्रदेशकै ठूलो स्वास्थ्य संस्थाका रुपमा रहेको नेशनल मेडिकल कलेज मधेस प्रदेशका जनताको स्वास्थ्यको भसोराको केन्द्र रहेको तथा सिमावर्ती भारतीय नागरिकको स्वास्थ्योपचारको समेत केन्द्रविन्दु रहेकाले उनीहरुको आस्था र भसोरालाई अझ बलियो बनाउन आफु लागिपर्ने उनले बताए ।

उनी कलेजका अध्यक्ष प्राडा जैनुद्दिन अन्सारीका छोरा हुन् । उनको कलेजमा १५ प्रतिशत शेयर छ । कलेजको मुख्य शेयर प्राडा जैनुद्दिन अन्सारीको नाममा छ ।

उनीसँग ४५ प्रतिशत कलेजको स्वामित्व रहँदा नुशरत जहान अन्सारीको नाममा १० प्रतिशत, निकहत यासमिनको नाममा १० प्रतिशत, इशर्त जहानको नाममा १० प्रतिशत तथा बसरुद्दिन अन्सारीको नाममा १० प्रतिशत शेयर रहेको कलेजका अध्यक्ष प्राडा अन्सारीले जनाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *