प्रसूति गृहबाट चोरी भएको शिशुको काँडाघारीबाट सकुशल उद्धार

660
Shares

काठमाडौँ, १२ फागुन । काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट चोरी भएको शिशु काँडाघारीमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले शिशु चोरी भएको आठ घण्टापछि शुक्रबार मध्यरातमा काठमाण्डौँको काँडाघारीबाट सकुशल फेला पारिएको हो ।

शिशु लिएर जाने महिला, उनका श्रीमान र महिलाकी बहिनीलाई पनि पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

शुक्रबार दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएकी थिइन् । सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको थियो । शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी सविना श्रेष्ठले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएपछि घटना बाहिर आएको हो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *