‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ को लागि सबै स्टल बुकिङ

192
Shares

काठमाडौँ, ८ फागुन । ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ को लागि १५० वटा स्टल बुकिङ भएका छन् ।

नेपाल औषधि उत्पादक संघले नेपाली औषधिको प्रवद्र्धन र अन्तर्रािष्ट्रिय बजारमा चिनाउनका लागि आयोजना गरेको नेपाल फर्मा एक्स्पोमा १५० वटा स्टल बुकिङ भएको संघका उपाध्यक्ष तथा एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले जानकारी दिए ।

‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक ’भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म हुने फर्मा एक्स्पो हुँदैछ ।

अहिलेसम्म नेपाली उद्योगका २० वटा, औषधिको कच्चा पदार्थ उत्पादन तथा विक्रि विवरण कम्पनी ५० वटा, औषधि उत्पादनमा प्रयोग हुने मेसिन र प्रयोगशालाका स्टल, औषधि उद्योगको अध्ययन तथा अनुसन्धानका लागि चाहिने मेसिन तथा प्रयोगशाला (ल्याब)का स्टल रहेको उपाध्यक्ष बरालले बताए ।

यस्तै औषधि उद्योग बनाउनका लागि चाहिने जिएमपी स्टाण्डर्सका ढोका, बाल, भुई (फ्लोर), सिलिङ, बिजुली पानी हावासंग सम्बन्धित स्टल पनि बुकिङ भएका छन् ।

एक्स्पोमा नयाँ औषधि उद्योग बनाउनका लागि चाहिने सवै भवन, मेसिन, प्रयोगशाला, कच्चा पदार्थ लगायतका सवै स्टल राखिने उनले जानकारी दिए ।

उनले अहिले स्टलको डिजाइनको काम भइरहेको बताए । एक्स्पोको लागि विदेशबाट ल्याउन थालिएको प्रयोगशाला र मेसिन पनि एक्स्पो स्थलमा आउन थालेको छन् ।

प्रत्येक दुई/दुई बर्षमा हुने एक्स्पोमा करिव ३० हजार अवलोकन कर्ताहरुले अवलोकन गर्ने  विश्वास लिएको समेत संयोजक बरालले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *