डा. शाहीलाई अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले सम्मान गर्दै

काठमाडौँ, ६ फागुन । मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही सम्मानित हुने भएका छन् । क्यान्सर रोगको उपचार साथै यसबारेमा जनचेतना जगाउने कार्यमा देखाएको सक्रियताको उच्च मूल्यांकन गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार संगठन (आईएचआरओ) नेपाल ले विशेष सम्मान गर्न लागेको हो ।

आगामी ११ फागुनमा काठमाडौँमा हुने विशेष समारोहमा डा शाहीलाई सम्मान गर्न लागिएको आईएचआरओका अध्यक्ष भिकेएस ठकुरीले जानकारी दिए ।

डा शाही केही समय अघि मात्रै नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३’ बाट सम्मानित भएका थिए ।

उनी अहिले पाठन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापकको रुपमा समेत कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *