औषधि व्यवस्था विभागद्धारा निपोनको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक

136
Shares

काठमाडौँ, १ फागुन । औषधि व्यवस्था विभागले विराटनगरको निपोन फार्मास्युटिकल्सबाट उत्पादित एक ब्याचको लिभोसिट्रिजेन सिरप बिक्रीमा रोक लगाएको छ ।

बिभागले  निपोन फार्मास्युटिकल्सबाट उत्पादित इभोरिन सिरप नामको औषधिको ब्याच नम्बर बीएलईएन ००१ को नमूना  राष्ट्रिय औषधि प्रयोगशालामा लगेर परीक्षण गर्दा  औषधिको मापदण्ड अनुसार नपाइएको  भन्दै विक्रीमा रोक लगाइएको हो ।

विभागले  अर्को आदेश नभएसम्म उक्त औषधि बिक्री वितरण नगर्न सूचित गरेको छ । उत्पादक निपोन कम्पनीलाई १५ दिनभित्र लिकेज परीक्षणको विस्तृत रिपोर्ट बुझाउन पनि विभागले निर्देशन दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *