स्वास्थ्य मन्त्रालयको कार्य प्रगति : ६ महिनामा मुस्किलले ३६ प्रतिशत मात्रै

काठमाडौँ, २९ माघ । स्वास्थ्यमा भयंकर काम भएको दावी गर्दै आएका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्तेनको कार्य प्रगतिको ‘अर्धबार्षिक परीक्षा’को नतिजा प्रकाशित भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘अर्ध वार्षिक कार्य प्रगति नतिजा’मा स्वास्थ्य मन्त्रालय मुस्किलले ३६ प्रतिशत कार्य प्रगति  गर्न सफल भएको छ ।

सोमबार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै मन्त्रालयको नतिजा प्रकाशित गरिदिए । उनले लक्ष्य अनुसार काम हुन नसकेपछि चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताएका छन् ।

चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने बताए ।

अर्धबाािर्षक समीक्षामा स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय प्रगति देखिएको छैन । स्वास्थ्य मन्त्रालयको कुल १९३ वटा माइलस्टोन्स संख्यामध्ये १२४ वटा पुस मसान्तसम्म पुरा हुनु पर्ने थियो । तर मन्त्रालयले ६९ वटा मात्रै सम्पन्न गरेको छ ।

अर्थ मन्त्रालयको रेकर्डमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा स्वास्थ्यको कार्य प्रगति ३५.७५ प्रतिशत मात्रै भएको उल्लेख छ ।

अर्थले  पुस मसान्तसम्म स्वास्थ्यले सम्पन्न गरेका केही कार्यहरुलाई यसरी प्रस्तुत गरेको छ :

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *