एमाले महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना

152
Shares

काठमाडौँ, २८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटनामा परेको छ । शनिबार म १ च ३६९ नम्बरको स्कार्पियो जीप दैलेख जानेक्रममा दुर्घटना परेको हो।

शनिवार भएको जिप दुर्घटनामा महासचिव पोखरेललाई सामान्य चोटपटक मात्रै लागेको र सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।

त्यसक्रममा कर्णाली प्रदेश कमिटी उपसचिव पद्मा खड्काको हात फ्याक्चर भएको छ ।

गाडी पल्टिएपछि अर्को गाडीमा चढेर महासचिव पोखरेल दैलेख बजारमा जिल्ला अधिवेशन उद्घाटन गरेर काठमाडौं फर्किएको एमालेले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *