‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पूर्वाधार विकास समितिको अध्यक्षमा डा. परशुराम मिश्र

152
Shares

काठमाडौँ, २६ माघ । सरकारले ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पूर्वाधार विकास समितिको अध्यक्षमा डा. परशुराम मिश्रलाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्री परिषद्को बैठकले डा. मिश्रलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि गत ४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्व तयारी विकास समिति (गठन) आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको थियो ।

सप्तरीमा प्रतिष्ठान स्थापना गरी सञ्चालनमा ल्याउने भन्ने विषयको निर्णय भने २३ पुस २०७५ मा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । त्यस निर्णयपछि पूर्वाधार निर्माण गर्न राजविराज नगरपालिका-१०, स्थित बिरौलमा ६२ बिगाह जग्गा खोजिएको छ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सुझाव समिति’ले ०७६ बैशाखमा प्रतिष्ठान निर्माणस्थलको स्थलगत निरीक्षण गरेको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *