अर्यालको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौँडा नगर समिति गठन

हेटौंडा २४ माघ । नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा विस्तार अन्तर्गत मंगलबार एक भेलाकाबीच हेटौंडा नगर समिति गठन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा १० स्थित लिडोइन होटलको सभाकक्षमा आयोजित उक्त भेलाले पूर्णप्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय हेटौंडा नगर समिति गठन भएको हो ।
भेलाले उपाध्यक्षमा सानुकाजी पाण्डे, सचिव राजेश वाग्ले र कोषाध्यक्षमा सानुकाजी बास्ताकोटी चयन गरेको छ । यस्तै समितिको सदस्यहरुमा विज्ञान रिमाल, राजकुमार अर्याल, दिपकराज मिश्र, दिनेश फुयाल र जागृत सुवेदी चयन भएका छन् ।
भेलाको उदघाटन गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सबैभन्दा बढी पटक रक्तदान गर्ने स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले पुगेका थिए । उनले ब्यानर बाचन गरि भेलाको उद्घाटन गरेका थिए ।
नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल स्वयंसेवी रक्तदाता समाज मकवानपुर जिल्ला शाखा अध्यक्ष सुरेन्द्रमान प्रधानले शपथ ग्रहण गराएका छन् । यस्तै कर्माचार्यले नवगठित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

