कार्यक्षमता मूल्यांकनबाट स्वास्थ्यको एघारौँ तहमा बढुवा हुँदै १२ जना अधिकृत

8.5k
Shares


काठमाडौँ, १९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य समूह अन्तरगतका विभिन्न नौँ उपसमूहका १२ जना कर्मचारीहरुलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने प्रक्रिया अघि बढाएको छ ।

लोक सेवा आयोगको सूचना बमोजिम समितिले रिक्त नौ उपसमूहका विभिन्न १२ पदका लागि कार्यक्षमता मूल्यांकनबाट बढुवा गर्न लागेको हो ।

‘सिफारिस प्रक्रिया सुरु भएको छ, केही दिन भित्र टुंगिएला,’ मन्त्रालय स्रोतले भन्यो ।

लोक सेवा आयोगका अध्यक्ष वा तोकेका सदस्य अध्यक्ष हुने बढुवा समितिमा मुख्य सचिव, लोकसेवा आयोगका सदस्य र एक जना विज्ञ चिकित्सक समितिको सदस्य रहने प्रावधान छ । उक्त समितिमा स्वास्थ्य सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *