युएसएमएलई परीक्षामा असामान्य अंक आएपछि नेपाली चिकित्सकको नतिजा रद्ध

3.9k
Shares

काठमाडौँ, १९ माघ । अमेरिका जाने योजनाका साथ सन् २०२३ मा युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (युएसएमएलई) परीक्षामा सहभागी झण्डै ८०० बढी नेपाली चिकित्सकको नतिजा रद्ध भएको छ ।

युएसएमएलईले नेपालबाट परीक्षा दिएकाहरुको नतिजाले परीक्षाको बैधतामाथि नै प्रश्न खडा गरेको भन्दै रद्ध गरिएको जनाएको छ ।

युएसएमएलईले गत बुधबार जारी गरेको सूचनामा ुयुएसएमएलईमा नेपालबाट सहभागी परीक्षार्थीहरुको असमान्य रुपमा राम्रो प्रदर्शन गरेको पाइएकोले अनुसन्धान थालिएको छ। अनुसन्धानमा नेपाली परीक्षार्थीले अनपेक्षित रुपमा राम्रो अंक प्राप्त गर्ने तरिका समान देखियो, जसले परीक्षाको नतिजाको बैधतालाई नै चुनौती दिएको छ ।

सहभागी परीक्षार्थीहरुको उत्तर दिने तरिकाले प्रश्नपत्रमा अनाधिकृत पहुँचको आशंका समेत गरिएको बताइएको छ। युएसएमएलईको सचिवालयले अनुसन्धानका क्रममा प्रश्न उठेको विद्यार्थीहरुलाई नतिजा रद्दको सूचना दिएर आगामी दिनमा वैधानिक परीक्षामा सहभागी हुन सूचित गरिएको बताइएको छ।

कतिपयको स्टेप ३, कसैको स्टेप २ र कतिपयको स्टेप १ रद्द गरिएको बताइएको छ।

सूचनामा भनिएको छ, ‘सबै परीक्षार्थीको एउटै ढाँचा देखिनुले परीक्षा अगावै प्रश्नपत्रमाथि अनधिकृत पहुँच थियो भन्ने संकेत गर्छ ।’

यूएसएमएलईले शंकाको घेरामा परेका परीक्षार्थीको नतिजा रद्द गर्दै पुनः परीक्षामा सहभागी हुन सूचित समेत गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *