त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको दन्त परीक्षण

68
Shares

काठमाडौँ, १८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले आज त्रिवि शिक्षण अस्पतालमा गएर दन्त परीक्षण तथा उपचार गराएका छन् । पौडेल दिउसो १ बजे तिर त्रिवि शिक्षण अस्पतालका दन्त विभागमा गएर परीक्षण तथा उपचार गराएका हुन् ।

‘खासै समस्या भएर होइन, नियमित फलोअप हो । पहिले पनि सम्माननीय ज्यूको दाँतको स्केलिङ गरिएको थियो । अहिले पनि त्यहि हो,’ राष्ट्रपति पौडेलका निजी चिकित्सक डा. निरज बमले भने ।

गतवर्ष नराम्ररी बिरामी परेका पौडेलको उपचार भारतमा लगेर गरिएको थियो । त्यस यता उनी स्वास्थ्य विशेष चनाखो बनेका छन् । उनी नियमित स्वास्थ्य जाँच तथा फलोअपमा त्रिवि शिक्षण अस्पताल गईरहन्छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *