कर्णालीमा हिमपात,जनजीवन कष्टकर

72
Shares

कर्णाली, १८ माघ । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात भएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको हो।

प्रदेशका अन्य जिल्लामा भने वर्षा भइरहेको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर भएको छ ।

हिमपातभएसँगै कर्णालीका हिमाली जिल्लामा चिसो अत्यधिक बढेको छ। बाक्लो हिउँका कारण हवाई उडानसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार विहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ । हिमपातसँगै वर्षा पनि भइरहेकाले पहाडी भू-भागमा चिसो बढेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *