वीपी प्रतिष्ठानका कामु उपकुलपति डा. कार्कीमाथि दुर्व्यवहार, तीन जना पक्राउ

डा. कार्कीमाथि भएको दुर्व्यवहार प्रति नेपाल चिकित्सक संघको आपत्ति
240
Shares

काठमाडौँ, १६ माघ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति डा प्रल्हाद कार्कीमाथि दुर्व्यवहार भएको छ ।

आज विहान साढे ११ बजे तिर डा कार्कीसंग छलफल गर्ने भन्दै समय लिएर भित्र पसेका तीन जनाले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

उनीहरुले डा कार्कीको कार्यकक्षमा प्रवेश गरे लगत्तै मोविल फ्याकेका थिए ।

यसैबीच कामु उपकुलपति डा कार्कीमाथि दुर्व्यहार गर्ने ती तीन जना वैद्यनिकट क्रान्तिकारी माओवादीका कार्यकर्ता रहेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले अभद्र व्यवहारमा संलग्न आरोपमा सम्राट थापा, निशान राई र भीम सुराखेतीलाई पक्राउ गरिएको जनाएको छ।

यता नेपाल चिकित्सक संघले आफ्ना आजिवन सदस्य डा कार्कीमाथि कालोमोसो दल्ने प्रयासको निन्दा गरेको छ ।

संघका महासचिव डा सञ्जीव तिवारीले आज एक विज्ञप्ती जारी गर्दै घटनामा सम्लग्नमाथि प्रचलित कानूनबमोजिम कार्वाही गर्न माग गरेको छ ।

पछिल्लो समय वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन चलिरहँदा सेवा नराम्ररी प्रभावित भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *