बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

कालिकोट, १५ माघ । कालिकोटमा बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

रास्कोट नगरपालिका-९ बालुखेत बस्ने देवराज उपाध्यायको १८ महिनाको छोरा होमराज उपाध्यायको शौचालयमा राखिएको बाल्टिनको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।

डुबेर अशक्त भएका उनको रास्कोट नगर अस्पताल गौतुकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *