बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

कालिकोट, १५ माघ । कालिकोटमा बाल्टिनको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
रास्कोट नगरपालिका-९ बालुखेत बस्ने देवराज उपाध्यायको १८ महिनाको छोरा होमराज उपाध्यायको शौचालयमा राखिएको बाल्टिनको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको रास्कोट नगर अस्पताल गौतुकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




