स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर

272
Shares

काठमाडौँ, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध  मुद्दा दायर गरेको छ ।

स्यानिटरी प्याड खरिद गर्ने क्रममा आठ लाख ७४ हजार रुपियाँ भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीसहित ६ जनाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर भएको हो ।

सप्तरीको रुपनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन अधिकृत चौधरीसहित लेखा अधिकृत श्याम सुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज सप्तरी दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालत काठमाडौँ बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नौ लाख ११ हजार ९२५ रुपियाँ पर्ने जस्मिन हाईजिन प्रोड्रक्ट प्रा.लि. मोरङवारा उत्पादित स्यानिटरी प्याडलाई १७ लाख ८५ हजार ९२८ मा खरिद बिक्री गरी आठ लाख ७४ हजार बराबरको भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *