महाराजगञ्ज स्ववियूद्धारा आईओएम डीन कार्यालयमा तालाबन्दी

396
Shares

काठमाडौँ, १० माघ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डीन कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ।
१७ बुँदे माग अघि सार्दै स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार देखि ताला लगाएको हो ।

मागमा डीन कार्यालयले एकल ढंगले संस्थानलाई चलाउन खोजेको, क्याम्पस प्रशासनले विद्यार्थीका सामान्य माग समेत पुरा नगरेको, होस्टेलको अवस्था सुधार नभएको लगायतका असन्तुष्टि राखिएको छ । आन्दोलनमा आवासीय, इन्टर्नसीप, फार्मेसी लगायतका विद्यार्थीको साथ रहेको  छ ।

डीन कार्यालयले चार वर्षदेखि विद्यार्थीका माग सुनुवाइ नगरेको र पटक पटकका सहमति कार्यान्वयन नगरेको विरोधमा ताला लगाइएको स्ववियु सभापति  आनन्दकुमार सिंहले विज्ञप्तिमार्फत बताए ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *