नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक चिकित्सक पक्राउ

काठमाडौँ, ८ माघ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी डाक्टर बनेको अभियोगमा एक चिकित्सक पक्राउ परेका छन् । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।
अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको हो । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




