धरानका सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रीमा रोक

84
Shares


काठमाडौँ, ५ माघ । धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तुको बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ ।

गत २९ पुसमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थलहरुमा सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।

नगर प्रमुख हर्क सम्पाङले शुक्रबार एक सार्वजनिक सूचना निकालेर १५ दिनपछि सूर्तीजन्य वस्तु विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लागू हुने जानकारी गराएका छन् ।

सार्वजनिक स्थानमा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुटखा, पान पराग वा यस्तै सूर्तीजन्य वस्तु भण्डार, विक्री र प्रयोग गरे नगर प्रहरीले जफत गर्नुका साथै कानुन बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *