जाम्बियामा हैजाका कारण अक्टोबर यता ३६२ जनाको मृत्यु

96
Shares

एजेन्सी । जाम्बियामा अक्टोबर यता हैजाका कारण ३ सय ६२ जनाको मृत्यु भएको छ । अक्टोबरमा पानीजन्य रोग ९हैजा० फैलिएदेखि हालसम्म ९ हजार १५५ जना संक्रमित भएका छन् ।

हैजाको प्रकोप नघटेपछि जाम्बियाले हैजाको प्रकोप नियन्त्रणका लागि थप कडा उपायहरुको घोषणा गरेको छ । स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले सरकारले हैजा रोकथाम र नियन्त्रणका उपायहरू बढाउनका लागि यसअघि घोषणा गरेको वैधानिक यन्त्रमा एउटा दफा ल्याएको बताए ।

अन्य पहिलेका उपायहरूमा अस्वच्छ अवस्थामा खानाको व्यापारमा प्रतिवन्ध र हैजाबाट मरेका मानिसहरू राखिराख्न निषेध गरिएको थियो । चर्चहरूलाई अधिकतम दुई घण्टामा हैजाका कारण मृत्यु भएकाहरुको अन्त्येष्टि गरिसक्न निर्देशन दिइएको थियो । देशका १० मध्ये ६ प्रदेशमा पछिल्लो २४ घण्टामा ४३१ नयाँ संक्रमित र ११ जनाको मृत्यु भएको छ भने ३८८ जना डिस्चार्ज भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *