टुंडिखेल हुलदंगामा १७ जना घाईते, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौँ, १ माघ । माघी तथा माघे सक्रांन्तिको अवसरमा थारु तथा मगर समुदायले आज काठमाडौँको टुँडिखेलमा भएको कार्यक्रममा हुलदंगा हुँदा च्यापिएर १७ जना घाइते भएका छन् । घाईतेहरुको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा बद्री रिजालले टुँडिखेल हुलदंगामा परेका १७ जनाको उपचार भइरहेको बताए । उनले घाइतेहरुको अवस्था सामान्य रहेको समेत जानकारी दिए ।
‘टुँडिखेल घाइतेहरुमध्ये ट्रमा सेन्टरको इमरजेन्सीमा १७ जनाको उपचार भइरहेको छ,’ डा रिजालले भने, ‘तर सबैको अवस्था सामान्य छ ।’
टुँडिखेलमा आज मगर समुदायले माघे संक्रान्ति र थारु समुदायले माघी मनाउन छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका थिए । सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्न पुगेका थिए ।
त्यसअघि भित्र पस्ने क्रममा अत्यधिक भिड हुँदा हुलदंगा भएको हो । सो क्रममा प्रहरीले सामान्य लाठिचार्ज समेत गरेको थियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

