माघ १ गते ९ औँ राष्ट्रिय योग दिवस मनाउन स्थानीय तहलाई परिपत्र

68
Shares

काठमाडौँ, २२ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते ९ औँ राष्ट्रिय योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा सामान्यले स्थानीय तहहरुलाई ‘गरौं योग, रहौं निरोग’ भन्ने नारासहित ९ औँ राष्ट्रिय योग दिवस मनाउन परिपत्र गरेको हो ।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *