माघ १ गते ९ औँ राष्ट्रिय योग दिवस मनाउन स्थानीय तहलाई परिपत्र

68
Shares

काठमाडौँ, २२ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते ९ औँ राष्ट्रिय योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा सामान्यले स्थानीय तहहरुलाई ‘गरौं योग, रहौं निरोग’ भन्ने नारासहित ९ औँ राष्ट्रिय योग दिवस मनाउन परिपत्र गरेको हो ।

मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *