ईशान बाल तथा महिला अस्पतालको २८ औँ बार्षिक साधारणसभा सम्पन्न

364
Shares

काठमाडौँ, २१ पुस । बसुन्धरास्थित  ईशान बाल तथा महिला अस्पताल प्रालिको २८ औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार अस्पतालमा विशेष समारोहबीच साधारण सभा सम्पन्न गरिएको छ ।

नेपालमा गुणस्तरीय बाल अस्पतालको आवश्यकतालाई ध्यानमा राखी २८ वर्ष अघि स्थापित यो अस्पताल नेपालकै पहिलो निजी बाल अस्पताल मानिन्छ ।

त्यसबेला गुणस्तरीय नवजात तथा बाल रोग, नवजात तथा बाल शल्य, स्त्री तथा प्रसुती सेवाहरु निजी अस्पतालमा विकल्पको रुपमा उपलब्ध गराउने उदेश्यले स्थापना गरिएको थियो ।

हाल यस संस्थामा उपरोक्त सेवाहरु बाहेक यहाँ सबै उमेरका मानिसहरुको लागि पनि जनरल मेडिसिन, जनरल एण्ड जीआई सर्जरी, हाडजोर्नी ,दन्त ,छाला तथा यौन रोग , नाक , कान , घाँटी , आँखा रोग, फिजियोथेरापी तथा रिहेविलिटेशन सम्बन्धी ओ.पि.डी र आई.पि.डी सेवाहरु अन्तराष्ट्रिय स्तरको दिईरहेको अस्पतालका निर्देशक प्राडा आरपी चौधरी बताउँछन् ।

उनले ईशानमा चौविस घण्टा बालरोग विशेषज्ञ रजिष्ट्रारहरुबाट आकस्मिक सेवा, नवजात पेडियाट्रिक मेडिसिन, नवजात तथा बाल सर्जरी, महिला तथा प्रसुती सम्बन्धी आकस्मिक सेवा तथा एक्सिडेन्ट तथा ट्रमा, दन्त सम्बन्धी सेवाहरु उपलब्ध रहेको बताए ।

अस्पतालले पेडियाट्रिक बोनम्यारो प्रत्यारोपण सेवाको लागी प्रकृया अगाडि बढाएको र चाडै नै सिटिस्क्यान सुविधा समेत थपिने बताए । यस्तै निसन्तान दम्पत्तिका लागि आईभीएफ क्लिनिकका सञ्चालन तथा ब्लड बैंकको सुविधा पनि सुरु भएको बताएको छ ।

निर्देशक डा चौधरीले ईशान सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने सिद्धान्त अंगालेको भन्दै सेन्टर अफ एक्सिलेन्स बनाई मेडिकल टुरिजमको रुपमा विकास गर्ने योजना रहेको बताए ।

उनले सामाजिक दायित्व अन्तर्गत असाहयको लागि नेपाल सरकारको निर्देशन बमोजिम १० प्रतिशतलाई निशुल्क सेवा दिने प्राबधान रहेको समेत उल्लेख गरे ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *