अस्पताल हस्तान्तरणको विषयमा विवाद हुँदा सर्लाहीमा गोली चल्यो, एक जनाको मृत्यु

320
Shares

काठमाडौँ,२० पुस । सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा- ६ का ३२ वर्षीय जयशंकर साह रहेको रहेको प्रहरीले जनाएको छ ।

नगर अस्पतालालई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको र उक्त विवादलाई समाधान गर्न डाकिएको सर्वदलीय बैठक स्थगित भएपछि झडपको स्थिति बनेको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो । झडपको क्रममा ६ जना प्रहरी र दुईजना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।

आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *