धनगढी उप-महानगर पालिकाद्धारा १ माघ देखि सुर्तीजन्य पदार्थ बिक्री बितरणमा रोक

280
Shares

 

कैलाली, १७ पुस । धनगढी उप-महानगर पालिकाले नगर क्षेत्र भित्र आगामी १ माघ देखि सुर्तीजन्य पदार्थको बिक्री बितरणलाई निषेध गरेको छ । उपमहानगरले आज सार्वजनिक सूचना जारी गर्दै १ माघ देखि बिक्री बितरण गरेको पाइएमा कानुन बमोजिम कार्वाही हुने जनाएको छ ।

धनगढी उपमहानगरको स्वास्थ्य सेवा ऐन २०७७ को दफा ३० (१) र दफा ३० (२)लाई टेकेर यस्तो निर्णय भएको हो । दफा ३० (१)मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री बितरणको लागि उप महानगर पालिकामा छुट्टै अनुमति लिनु पर्ने र सोही ऐनको दफा ३० (२) मा खाद्य पदार्थ बिक्री गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न बन्देज लगाइनेछ भनि उल्लेख छ ।

उपमहानगरले आगामी १ माघ देखि चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, ककड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारको अन्य सुर्तीजन्य पदार्थको विक्री बितरणलाई रोक लगाएको स्पष्ट पारेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *