नेकपा एसका ५० जना केन्द्रीय नेताहरुले गरे मरणोपरान्त अंगदानको घोषणा

काठमाडौँ, १३ पुस । नेकपा (एकीकृत समाजवादी) का ५० जना केन्द्रीय नेताहरूले मरणोपरान्त अंगदान गर्ने घोषणा गरेका छन् ।
पार्टीको सातौं केन्द्रीय कमिटि बैठक चलि रहेका बेला बिहीबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रतिनिधिहरु बोलाएर अंगदान गर्ने सम्झौँता गरेका हुन् ।
सो अवसरमा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष एवं कृषि मन्त्री डा. बेदुराम भुसाल, प्रमेश हमाल, धर्मनाथ प्रसाद साहले मरणोपरान्त अंगदान गर्ने सम्झौँता पत्रमा हस्ताक्षर गरे ।
त्यस्तै पार्टीका उपमहासचिव डा. विजय पौडेल र डा. गंगालाल तुलाधरले पनि अंगदान गर्ने घोषणा गरेका छन् । यस्तै पार्टी सचिव जीवनराम श्रेष्ठ, नागेन्द्र चौधरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पाण्डे, कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मर बहादुर थापा, कोशी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, गण्डकी प्रदेश कमिटीका कार्यबहाक अध्यक्ष श्रीनाथ बरालले पनि अगंदान गर्ने सम्झौँता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसैगरी पार्टीका पोलिटब्यूरो सदस्य गणेश विक, केन्द्रीय सदस्य मनु सिग्देल, निरादेवी जैरु, पार्टी प्रचार विभाग सदस्य लेखनाथ सिकारूलगायतका नेताहरूले अगं दानको घोषणा गरेको प्रत्यारोपण केन्द्रकी संयोजक बन्दना खत्रीले जानकारी दिईन् ।
अंगदान सम्वन्धी सम्झौँता गर्नका लागि केन्द्रबाट खत्री सहित डा. निरू शर्मा लगायतको टोली ललितपुरस्थित कान्तिपुर गार्डेनमा पुगेको थियो । त्यहाँ उनीहरुले अंगदान शिविर चलाएका थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

