नेपाल स्वास्थ्यकर्मी संघको वैधानिकता माथि प्रश्न, नयाँ तदर्थ समिति गठन गर्न माग

184
Shares

काठमाडौँ, १३ पुस । नेपाली कांग्रेसको सुभेच्छुक संस्थाको रुपमा मान्यता पाएको नेपाल स्वास्थ्यकर्मी संघको बैधानिकता माथि प्रश्न उठेको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठक चलि रहेका बेला संघका सदस्यहरुले पार्टी नेतृत्व समक्ष बैधानिकताको प्रश्न उठाउँदै नयाँ तदर्थ समिति गठनको गर्न माग गरेका हुन् ।

यसअघि नेपाल ट्रेड युनियनसंग आबद्ध राष्ट्रिय स्वास्थ्यकर्मी संघलाई गत वर्ष २ साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सुभेच्छुक संस्थाको रुपमा मान्यता दिएको थियो । त्यसको जानकारी २५ माघ २०७९मा पार्टीका महामन्त्री गगन थापाले संघका अध्यक्ष रामजी घिमिरेलाई पत्र मार्फत जानकारी गराएका थिए ।

सो पत्रमा २ साउन २०७९ देखि नै सुभेच्छुक संस्थाको रुपमा मान्यता दिएर घिमिरेकै अध्यक्षतामा तदर्थ समिति बनाइएको उल्लेख छ । तदर्थ समिति बनेको ६ महिनामा अधिवेशन गर्नु पर्ने हुन्छ । तर डेढ वर्ष वित्न लाग्दा समेत त्यस सम्वन्धी कुनै कार्य अघि नबढेको भन्दै सदस्यहरुले पार्टीमा बेनामी उजुरी दर्ता गराएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवा सहित अन्य पदाधिकारीलाई सम्वोधन गरेर लेखिएको निवेदनमा उनीहरुले तदर्थ समितिका अध्यक्ष घिमिरेको कार्यशैलीको विरोध गर्दै नयाँ तदर्थ समिति गठनको माग गरेका हुन् ।

उनीहरुले संघको नेतृत्वले समयमै अधिवेशन नगरेकाले संघ स्वतह विघटन भएको तथा तदर्थ समिति पनि विधान बमोजिम चल्न नसकेको आरोप लगाएका छन् ।

घिमिरे २०७६ कार्तिक २२ देखि २४ गतेसम्म काठमाडौंमा चलेको सातौ अधिवेशनबाट चार वर्षका लागि निर्वाचित भएका थिए । निर्वाचित अवधी समेत सकिएको र बीचमा सुभेच्छुक संस्थाको तदर्थ समिति बनिसकेपछि पनि कुनै कार्य अघि नबढाएको निवेदकहरुको आरोप छ ।

उनीहरुले बर्तमान नेतृत्वले संघ लाई झोलामा मात्रै सिमित गराएको भन्दै पार्टीले नयाँ तदर्थ समिति बनाएर सबै तहको अधिवेशन सम्पन्न गर्ने निर्देशन दिन माग गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *