सीटीईभीटीको सदस्य सचिव पदमा महेश भट्टराई नियुक्त

176
Shares

काठमाडौँ, १२ पुस । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को सदस्य सचिवमा महेश भट्टराई नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

यसअघि जीवनारायण काफ्लेको उमेर हदका कारण अवधि सकिएपछि सीटीईभीटीको सदस्य सचिव पद रिक्त थियो । काफ्लेको अवधि सकिएसँगै भट्टराईलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिइएको थियो ।

राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले परिषद्को रिक्त सदस्य सचिवमा भट्टराईसहित राष्ट्रिय सीप परीक्षणका निर्देशक टेकबहादुर मल्ल र क्वालिटी परियोजना प्रमुख विनोद बडाललाई सिफारिस गरेको थियो ।

यसअघि सदस्य सचिवका लागि अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना, नलराम देवकोटा, टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्यले प्रतिस्पर्धा गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *