स्वास्थ्य सेवा विभागद्धारा आपूर्ति व्यवस्थापन प्रणालीका बारेमा सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना

काठमाडौँ, ८ पुस । सरकारले बर्षमा अर्वौ रुपैयाँको स्वास्थ्य सामग्री तथा उपकरण खरीद गर्ने गरेको छ । सो खरीद प्रक्रियाका बारेमा बेला बखतमा प्रश्न समेत उठने गरेको छ ।
शुक्रबार स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले सोही विषयमा केन्द्रीत रहेर पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा आपूर्ति व्यवस्थापन प्रणाली विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा संगिता मिश्रा, व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्मा, महाशाखा अन्तर्गत आपूर्ती शाखा प्रमुख डा सुरेन्द्र चौरसिया र एचएमआईएस शाखा प्रमुख कपिल तिमल्सेनाले खरीद प्रक्रिया तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका विषयमा बोलेका थिए ।
कार्यक्रममा महानिर्देशक डा मिश्राले खरीद प्रक्रियालाई विवाद रहित पारदर्शी ढंगले अघि बढाउने आफ्नो प्रयास रहेको बताइन । उनले कतिपय नीतिगत अफ्ठ्यारा, कतिपय व्यावसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले पनि खरीद प्रक्रियालाई बेलाबखतमा बेलाबखतमा विवादमा पार्ने गरेको बताईन् ।

व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले स्वास्थ्यको खरीद प्रक्रिया पनि सार्वजनिक खरीद ऐन अनुसार हुँदा कहिलेकाँही समस्या पर्ने गरेको बताए । ‘एक्कासी महामारी फैलिन्छ, सार्वजनिक खरीद प्रक्रिया अनुसार जाँदा ६ महिनामा पनि सामान आउँदैन, तर उपचारका लागि तत्काल सामग्री खरीद गर्नु पर्ने हुन्छ । किनकी मान्छेको ज्यानको सवाल छ । हो यतिवेला निकै समस्या पर्छ । त्यसैले यसलाई सुधार गर्नु जरुरी छ,’ डा. शर्माले भने । उनले स्वास्थ्यमा स्वास्थ्य सामग्री तथा उपकरण खरीदमा प्रक्रिया अनुसार नै काम हुने गरेको बताए ।
आपूर्ति शाखाका प्रमुख डा. चौरसियाले स्वास्थ्यमा हुने खरीद प्रक्रिया तथा आपूर्ति व्यवस्थापन सम्वन्धी प्रक्रियालाई विस्तृत रुपमा बुझाएका थिए । उनले सार्वजनिक खरीद ऐन अनुसार नै खरीद तथा आपूर्ति हुने गरेको भन्दै नियमविपरित काम हुँदा त्यसले सफलता नपाउने बताए । उनले पनि केही नीतिगत अफ्ट्याराहरु भएकोले बेलाबखतमा समस्या आउने गरेको जानकारी दिए ।

कार्यक्रममा एचएमआईएस शाखा प्रमुख कपिल तिमल्सेनाले स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीले कसरी काम गरिरहेको छ भन्ने बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले पत्रकारहरुलाई स्वास्थ्यको खरीद तथा आपूर्ति व्यवस्थापन प्रणालीका बारेमा जानकारी दिने उदेश्यले आयोजना गरेको कार्यक्रम साच्चिकै प्रभावकारी रहेको भन्दै भविस्यमा पनि यस्ता अन्तरक्रिया, तालीम र प्रशिक्षण आवश्यक रहेको बताए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लाल, उपचारात्मक सेवा महाशाखाका निर्देशक डा अनुप बास्तोला समेतको सहभागिता भएको कार्यक्रममा स्वास्थ्य बिटमा क्रियाशिल ४० जना सञ्चारकर्मीको सहभागिता थियो ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




राम्रो कार्यक्रम