हेटौँडा अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि

काठमाडौँ, ६ पुस । हेटौँडा अस्पतालले दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो ।
स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेलाई विगतमा एक महिनाको औषधि दिने गरिएकामा पुस ४ गतेदेखि आवश्यकतानुसार तीन महिनासम्मको औषधि दिने व्यवस्था मिलाइएको छ।
अस्पतालका अनुसार उच्च रक्तचाप, मधुमेह, हाइपरटेन्सन, थाइराइडजस्ता दीर्घरोगको औषधि नियमित खानुपर्ने बिरामीलाई यसअघि एकपटकमा एक महिनाका लागि चिकित्सकले औषधि दिँदै आइएकामा अब तीन महिनाको लागि दिने व्यवस्था गरिएको छ ।
त्यस्तै अस्पतालमा एक पटक रेफर भई आएका सेवाग्रहीलाई सोही रोगको फलोअप गर्दा पुनः रेफर नचाहिने व्यवस्था समेत मिलाइएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

