देशभर चिसो बढ्दो क्रममा, सतर्कता अपनाउन आग्रह

72
Shares

काठमाडौँ, ६ पुस । जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घटेर चिसो बढ्दो क्रममा रहेको जनाएको छ ।

हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेपनि देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।

महाशाखाले शुक्रबार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने जनाएको छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको हुने सम्भावना रहेकाले तापक्रम हल्का घट्न सक्ने जनाएको छ । महाशाखाका अनुसार पहाडी र तराईका क्षेत्रमा हल्का तापक्रम घट्ने देखिएको छ भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । साथै तराईका क्षेत्रमा हल्कादेखि मध्यम हुस्सु कुहिरो लाग्ने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *